छिमेक लघुवित्तको कामु सीईओमा चोलराज शर्मा नियुक्त

  २०७६ मंसिर २२ गते १२:२२     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चोलराज शर्मा नियुक्त भएका छन् । शुक्रबार बसेको संस्थाको संचालक समितिको बैठकले शर्मालाई आगामी पुस १ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो ।

हाल संस्थाको सीईओको कार्यभार रामचन्द्र जोशीले सम्हालेका छन् । उनको पदावधि यहि मंसिर ३० गते सकिने भएकाले संचालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि शर्मालाई उक्त पदमा नियुक्त गरेको हो ।

संस्थाको सहायक महाप्रबन्धक पदको कार्यभार सम्हाल्दै आएका जोशीले आगामी पुस १ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.