एनएमबी बैंकद्वारा ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ

  २०७६ मंसिर २१ गते १६:५१     विकासन्युज

काठमाडाै‌। एनएमबी बैंकले बजारमा ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यस खातामा नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ ।

यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ । यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् । जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ ।

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.