एभरेष्ट बैंकद्धारा सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई स्कुल भ्यान प्रदान

  २०७६ मंसिर २० गते १८:०८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको धापाखेलस्थित सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ । एसजीसीपी एक गैर-सरकारी तथा गैर-नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ ।

एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले बैंकका अधिकारीहरु र एसजीसीपीका टोलीहरुको उपस्थीतिमा स्कुल भ्यान हस्तान्तरण गरेका छन् ।

एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.