कामना सेवा विकास बैंकको १०५औं शाखा काठमाडौंको मनमैजुमा

  २०७६ मंसिर २० गते १६:३४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा तारकेश्वरस्थित मनमैजुमा १०५औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले देशका विभिन्न भागहरुमा १ सय ५ वटा शाखा तथा ५४ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.