सानिमा बैंकद्वारा “अफर सानिमा बैंकको, रोजाई तपाईको”योजना घोषणा

  २०७६ मंसिर २० गते ११:२०     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा  “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत आफना ग्राहकहरूले  सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट पाउनेछन्

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीन दिनको लागि लागु हुनेछ । साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.