नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा, सदस्यमा ९ जना निर्वाचित

  २०७६ मंसिर १९ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

साथै, सभाले आगामी २ वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति पनि सर्बसम्मत निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा ९ जना निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरुमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्र लाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल तथा सुनिल केसी रहेका छन् ।

संघको बिधान बमोजिम कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने छन् ।

धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राणाले नेपालमा पछिल्लो समय विदेशी लगानी अपेक्षा अनुसार बढ्न नसकेको भएता पनि आगामी दिनहरुमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताएकी छिन् । त्यस्तै, भारतबाट नेपालमा लगानी ल्याउने सम्बन्धमा नेपाल-भारत उद्योग वाणिज्य संघले पहल गरी रहेको पुनरावलोकनको क्रममा रहेका दुई देशबीच २४ वर्ष अघि भएको वाणिज्य सन्धीका साथै पारवहन सन्धी, रेल सेवा सम्झौता, जल यातायत, रक्सौल-काठमाडौं रेलमार्ग, नेपाल र भारत बीचका विभिन्न विद्युतीय प्रशारण लाईनका कामहरू सम्पन्न गर्ने उनले बताइन् ।

साथै, नेपाल भ्रमण वर्ष २०२० समेतलाई दृष्टिगत गरी नेपाल-भारत उद्योग वाणिव्य संघको तर्फबाट सकृय योगदान जारी राखी आगामी दिनहरुमा पनि सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडी बढ्ने राणाले जानकारी दिएकी छिन् ।

सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा अर्थतन्त्रको सुधारका लागि सरकार प्रयासरत रहेको जानकारी गराउँदै नीजि क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् । भारतबाट नेपालमा लगानी भित्र्याउन नेपाल–भारत उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विकास निमार्णलाई द्रुत गतिमा अघि बढाउन विदेशी लगानी आवश्यक रहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.