वानप्लस ७टि प्रो सार्वजनिक, मूल्य एक लाख रुपैयाँ

  २०७६ मंसिर १५ गते १९:२९     विकासन्युज

काठमाडौं । ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनी वानप्लसले आफ्नो प्रिमियम फल्याग सीपको नयाँ स्मार्टफोन वानप्लस ७टि प्रो नेपालमा सार्वजनिक गरेको छ ।

वानप्लस ७टि प्रो मा ६.६७ इन्चको फियुल्ड एमोएलईडी ३१२०*१४४० एचडी प्लस रिजोलुशन छ र कर्निङग गोरिलाग्लास ५ र एचडीआर१०/एचडीआर प्लस सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ । यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र ७एनएम एनड्रेनो ६४० चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ मा चल्छ । वानप्लस ७टि प्रो मास्टोरेजकालागि २५६ जीबीयूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआर४एक्स छ ।

वानप्लस ७टि प्रो मामोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, एफ/१.६ अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ ।

वानप्लस ७टि प्रो मावाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७टि प्रो मा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।

वानप्लस ७टि प्रो हेज ब्लु भरियन्टमा ९९ हजार ९९९ रुपैयाँमा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.