परासीमा सनराइज बैंकको १२५औं शाखा

  २०७६ मंसिर १५ गते १८:२४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नवलपरासीस्थित परासीमा आफ्नो १२५औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालिकाको मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्पmत लगानी गर्न प्रोत्साहन गरेका छन् ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदाशर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

हालसम्म बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.