होण्डाको ‘डिओ’ र ‘एभिएटर’ मध्ये कुन किन्दा राम्रो ? यस्ता छन् फरक

  २०७६ मंसिर १४ गते १२:२३     विकासन्युज

काठमाडाैं । होण्डाले नेपाली बजारको स्कुटर सेग्मेन्टमा एकछत्र राज गरेको छ भन्दा फरक नपर्ला । ‘एभिएटर’ र ‘डिओ’ त्यस्ता दुई स्कुटरहरु हुन् जुन नेपालमा होण्डाका विशेष रुचाइएका स्कुटरमध्येमा पर्दछन् । आज हामी यिनै दुई स्कुटरहरु विच रहेका भिन्नताहरुलाई उजागर गर्न गइरहेका छौं, जसले अवश्य पनि तपाईंलाई उपरोक्त दुई स्कुटरहरुमध्ये कुनै एकचयन गर्नुपर्ने अवस्थामा सहयोग पुर्याउने छ ।

इञ्जिन
एभिएटरमा १०९.१९ सीसीको इञ्जिन दिइएको छ जसले ८.०३ पीएसको पावर र ८.९४ एनएमको टर्क प्रोड्युस गर्दछ । डिओमा पनि १५९.७ सीसीकै इञ्जिन दिइएको छ तर यस इञ्जिनले ८.११ पीएसकोपावर र ८.९१ एनएमको टर्क प्रोड्युस गर्दछ ।

डाइमेन्सन
एभिएटरको सिट हाइट७९० मिलिमिटरको छ भने डिओको चाहिँ ७६५ मिलिमिटरको रहेको छ । त्यसैगरी एभिएटरको ग्राउण्ड क्लियरेन्स १४५ मिलिमिटर छ भने डिओको चाहिँ १५८ मिलिमिटर छ । एभिएटरको कर्ब वेट १०६ के.जी. छ भने डिओको चाहिँ १०४ के.जी. रहेको छ । त्यसैगरी एभिएटरको फ्युल ट्याङ्क क्यापासिटी ६ लिटरको रहेको छ भने डिओको चाहिँ ५.३ लिटरको रहेको छ ।

ब्रेक र सस्पेन्सन
होण्डाले उपरोक्त दुवै स्कुटरहरुको अगाडि र पछाडि ड्रम ब्रेक दिएको छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा एभिएटरको अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडितर्फ चाहिँ स्प्रिङ लोडेड हाइड्रोलिक शक दिइएको छ भने डिओको दुवैतर्फ स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन नै जडान गरिएको छ । दुवै स्कुटरहरुमा मजबुत ब्रेकिङ्गको लागि कम्बी ब्रेक सिस्टम समावेस गरिएको छ ।

टप स्पिड र माइलेज
होण्डाका अनुसार एभिएटरले ६० केएमपीएल माइलेज प्रदान गर्दछ भने डिओले चाहिँ ५५ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी एभिएटरको टप स्पिड ८२ केएमपीएच रहेको छ भने डिओको चाहिँ ८३ केएमपीएच रहेको छ ।

मूल्य
होण्डा टू ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा एभिएटरको मूल्य दुई लाख नौ हजार नौ सय रुपैयाँ तोकेको छ भने डिओको चाहिँ दुई लाख दुई हजार नौ सय रुपैयाँ तोकेको छ । त्यसैगरी, डिओकै अर्को भेरियन्ट ‘डिओ डिजिटल’ को मूल्य भने दुई लाख सात हजार नौ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.