‘एस-प्रेसो’ मिनी एसयुभि: भारतमा बेजोड सफल, नेपालमा के होला ?

  २०७६ मंसिर ९ गते १९:३८     विकासन्युज

काठमाडाैं । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको विल्कुलै नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयुभिलाई नेपाली बजारमा केहि दिन अगाडि मात्र सार्वजनिक गरेको थियो । भारतमा निकै चर्चा कमाइ सकेको उक्त एसयुभिले यहाँ पनि दरो पकड जमाउनेछ भनी कम्पनीले विश्वास गरेको छ ।

सुरुवाती मूल्य २२ लाख ९९ हजार तोकिएको सो एसयुभिका चार अलग भेरियन्टहरु नेपालमा उपलब्ध रहेका छन् । हाल नेपालस्थित मारुती सुजुकीका ३६ ओटै रिटेल नेटवर्क मार्फत एस-प्रेसो विक्री वितरण भईरहेको छ ।

सुजुकीले ‘बेस्ट-इन-क्लास’ फिचरहरु दिएको एस-प्रेसोमा १० भन्दा बढि सेफ्टी फिचरहरु समावेस छन् । यस एसयुभिमा टफ स्पोर्ट वाचबाट सञ्चालित डाइनामिक कन्सोल, ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर, सेग्मेन्टमै पहिलो पटक दिइएको स्टेयरिङ माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल र त्यसैगरी म्युजिक इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि स्मार्ट प्ले जडित टच स्क्रिनजस्ता विशेषताहरु लोड गरिएको छ ।

हर्टटेक प्ल्याटफर्मको पाँचौं जेनेरेशनमा निर्माण गरिएको कारण यस एसयुभिले पैदलयात्रीको सुरक्षालाई पनि प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । मारुती सुजुकीले एस-प्रेसोको सेफ्टी फिचरहरुको रुपमा डुअल एयरव्याग, एबीएस सिस्टम, इबीडी सिस्टम, प्रि-टेन्स्नर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ्ग असिस्ट सिस्टम, हाई स्पिड वार्निङ अलर्ट र रिभर्स पार्किङ्ग सेन्सर लगायतलाई समावेश गरेको छ ।

एस-प्रेसोमा प्रयोग भएको इञ्जिन बीएस६ मापदण्डमा आधारित ९९८ सीसी पेट्रोल इञ्जिन हो जसले ३८ एचपीको पावर र ९० एनएमको टर्क प्रोड्युस गर्दछ । यस कारमा ५-स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने यस कारले २१.४ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी, ५ सिटर यस एसयुभिको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक जडान गरिएको छ ।

थोरै मूल्यमै एउटा एसयुभिको फिल गराउने, उत्कृष्ट माइलेज क्षमता, ठूलो ग्राउण्ड क्लियरेन्स, बेस्ट-इन-क्लास फिचर लगायत ठूलो संख्यामा दिइएका सेफ्टी फिचर्सका कारण यो एसयुभिले भारतमा ठूलो लोकप्रियता कमाउन सफल भएको छ ।नेपाली बजारमा हालसालै मात्र भित्रिएको यस एसयुभिले नेपाली कार पारखीहरुको मन भने जित्न सफल होला या नहोला भन्ने बुझ्नका लागि केहि समय कुर्नै पर्ने देखिन्छ ।

एस-प्रेसोको नेपालमा उपलब्ध भेरियन्टहरुको मूल्य यस प्रकार रहेको छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.