एफटेक मोटरसाईकलको तीन वटा मोडल नेपाली बजारमा, यस्तो छ सुरुवाती मूल्य

  २०७६ मंसिर ८ गते १६:५४     विकासन्युज

काठमाडौं । एफटेक मोटर्स इण्डिया प्रा.लि. ले आफ्नो उत्पादन एफटेक ब्राण्ड माटरसाईकलको तीन वटा मोडलहरु नेपाली बजारमा ल्याएको छ । भारत सरकारको ‘मेक इन इन्डिया’ को अभियान अन्तर्गत आएको मोटरसाईकल उत्पादक यस कम्पनीले टर्बो, नाइट राईडर र स्कोर्पियन गरी तीनवटा मोडल नेपाल भित्र्याएको हो ।

टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ र नाईट राईडर तथा स्कोर्पियन मोडलको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

विभिन्न आकर्षक फिचरहरु रहेको यस बाइकमा १७० सीसीको शक्तिशाली इन्जिन, भारत स्टेज ४ उत्सर्जन न्यूनता तथा भारत स्टेज ६ कम्प्याटिबल इन्जिन, एन्टिलक ब्रेकिङ्ग सिस्टम, उच्च माईलेज (४५ कि.मी. प्रतिलिटर), ठूलो इन्धन ट्यांकी (२० लिटर), अतिरिक्त सुरक्षाको लागि साइड स्ट्याण्ड सेन्सर आदि रहेको छ ।

एफटेक मोटर्स इण्डियाले आफ्ना उत्पादन मोटरसाईकलहरु नेपालभर बिक्री वितरण गर्न म्याक्स भिजन लिमिटेडलाई एकमात्र आधिकारिक बिक्रेता नियुक्त गरेको छ । यस कम्पनीले नेपालभर डिलरहरुको सञ्जाल विस्तार गर्ने लक्ष राखेको छ । म्याक्स भिजन लिमिटेड विगतको एक दशकदेखि नेपालको अटोमोबाईल क्षेत्रमा कार्यरत पब्लिक लिमिटेड कम्पनी हो ।

यस कम्पनीले निकट भविष्यमा १२५ सीसी, ११० सीसी, २५० सीसी तथा ३१० सीसीका मोटरसाईकलहरु, स्कुटरहरु तथा विद्युतीय मोटरसाईकलहरु पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.