सवा १८ अर्बले घट्यो एनसेलले तिर्नुपर्ने कर, २१ अर्ब १० करोडमात्र तिरे पुग्ने (पूर्णपाठ सहित)

  २०७६ मंसिर ५ गते १६:४९     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले सो रकम कर तिर्नुपर्ने निर्धारण गरेको हो । सर्वोच्चको यो फैसलापछि एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ ।

एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो । कुल कर निर्धाणरण ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ थियो । त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो । एनसेलले यसबाहेक यो कर बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.