उपभोक्ताले रुचाए डाबर नेपाल कम्पनी, अझै थप्दैछ ५ अर्बकाे लगानी

  २०७६ मंसिर २ गते १४:०२     राजाराम न्याैपाने

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ५ अर्ब लगानी थप्ने भएको छ । ९ अर्ब चुक्ता पुँजी भएको डाबर नेपालले ५ अर्ब लगानी थपेर १४ अर्ब पुर्याउन लागेको जनाएकाे  हो । डाबर नेपाल प्रालिले आफ्नो उत्पादन वृद्धि गर्न र बजारको मागलाई परिपुर्ति गर्न लगानी वृद्धि गर्न लागेको जानकारी दिएको हाे ।

पछिल्लो समय डाबर नेपालको उत्पादन गुणस्तरीय भएका कारण  उपभोक्ताले रुचाएका छन् । यसले पनि कम्पनीलाई उत्पादन बढाउन उत्प्रेरित गरेकाे  जनाएकाे छ ।हाल डाबरले रियल, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर आयल उत्पादन गर्दै आएको छ । यस्तै कम्पनीले  डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका थुप्रै उत्पादनहरु बिक्री गर्दै आएको छ ।

हाल डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु छन् । नेपाल सहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा ठाउँमा यसका उत्पादन केन्द्रहरु छन् ।हाल नेपालमा ९ अर्ब रूपैयाँ लगानी रहेको  कम्पनीले लगानी थप्नका लागि उद्योग विभागमा प्रस्ताव गरेको छ ।

५ अर्ब लगानी थप्न प्रवद्धर्क प्रस्ताव गरेको उद्योग विभागका निर्देशक प्रेम लुइँटेलले जानकारी दिए । डाबरका उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध रहेको कम्पनीले जानएको छ । उद्योगका उत्पादन क्षमता विस्तार गर्दा वातावरणामा पर्ने प्रभावको मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने उनले बताए ।

लगानीकर्ताले सबै प्रक्रिया पुरा गरेर आए १ महिनामा नै लगानी वृद्धि स्वीकृत हुने उनले जानकारी दिए । डाबर नेपाल उत्पादन सन् १९८९ मा स्थापना भएको थियो  । यसले  व्यवसायिक उत्पादन भने सन् १९९२ बाट सुरु गरेकाे थियाे । पहिलो वर्ष ५३ लाख कारोबार भएको यो कम्पनीले अहिले करिब १० अर्बको कारोबार गर्छ । कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजारलाई रोजगारी दिएको छ ।

डाबर कम्पनीले राजश्वमार्फत  नेपाल सरकारलाई सहयोगसमेत पुर्याएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा सम्मानित गरेकाे छ । कर दिवसको अवसरमा डाबर नेपाललाई निर्यातकर्ताको तर्फबाट सम्मान गरिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.