नेशनल लाइफले गर्यो ६२ लाख मृत्यु बीमा दाबी भुक्तानी

  २०७६ कार्तिक २७ गते १६:४८     विकासन्युज


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि.ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ ।

केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व. खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गर्नु भएकोमा वोनस सहित रु.६२,२०,०००/- (रु.वासठी लाख बीस हजार) रकम बीमा दाबी बापत भुक्तानी भएको हो ।

उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व. खनालका श्रीमान पूर्व अर्थ सचिव रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा उक्त दाबी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फच्र्छौट गरिएको हो । विमित श्रीमती खनालको उपचारको क्रममा असोज २१ गत मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.