नेपाल बैंकले ल्यायो सस्तो घर कर्जा तथा वातावरण मैत्री निक्षेप योजना

  २०७६ कार्तिक २६ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल बैंकले शुलभ आवास कर्जा योजना र ‘ग्रीन सेभिङ् डिपोजिट’ नामक वातावरण मैत्री निक्षेप योजना ल्याएको छ । बैंकले आफ्नो ८३औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त दुई योजना बजारमा सार्वजनिक गरेको हो ।

बैंकले ल्याएको शुलभ आवास कर्जा योजना अन्तर्गत ग्राहकले घर निर्माण, खरीद तथा थप निर्माण गर्न सस्तो व्याजदरमा कर्जा सुविधा पाउने छन् । जसअन्तर्गत बैंकले न्युनतम ८.८४ देखि अधिकतम ९.९४ प्रतिशत ब्याजदरमा घर कर्जा योजना उपलब्ध गराउने भएको छ ।

बैंकले हालको आधार दर(बेस रेट)मा १ देखि २ प्रतिशतसम्म प्रिमियम शुल्क लिएर कर्जा उपलब्ध गराउन लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । हाल बैंकको बेस रेट ७.८४ प्रतिशत रहेको छ । यस अन्तर्गत ग्राहकले बैंकको जुनसुकै शाखाबाट ५ देखि २० वर्षसम्मको लागि कर्जा लिन सक्ने छन् ।

त्यस्तै, बैंकले सार्वजनिक गरेको वातावरण मैत्री निक्षेप योजनाअन्तर्गत ग्राहकले न्युनतम २५ हजारमा बचत खाता खोल्न सक्ने छन् । जसमा ६.५ प्रतिशत आकर्षक व्याजदर पाइने बैंकले जनाएको छ ।

साथै, ग्राहकले एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएममा निःशुल्क कारोबार समेत गर्न सक्नेछन् । यस योजनामार्फत संकलन भएको निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा लगानी गर्ने कम्पनीले जनाएका छन् ।

त्यसैगरी, ग्राहकले ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा तथा ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने छन् । उक्त निक्षेप योजनाअन्तर्गत ग्राहकले एटीएम भिसा डेविट कार्ड, मोबाइल बैंकिङ्ग सुविधा, एबीबीएस सुविधा तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क रुपमा पाउने छन् ।

बैंकले हाल १६७ वटा शाखा, १०२ वटा एटीएम तथा २३ वटा एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.