महालक्ष्मी बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण

  २०७६ कार्तिक २४ गते १५:४७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण गरेको छ । हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै सो मन्दिरलाई डस्टबिन वितरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो । साथै, बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.