नेपाली बजारमा ल्यापटपः डेलको माग बढी, अरुको अवस्था कस्तो ?

  २०७६ कार्तिक १३ गते ९:३४      नबिन पोखरेल


काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका ल्यापटपहरु उपलब्ध छन् । ती मध्येपनि डेल, लेनोभो र एचपी ग्राहकको रोजाइमा अगाडि छन् । मोबाइल फोनमा इन्टरनेट प्रयोग गर्न मिलेपनि ल्यापटप नै खोज्ने ग्राहकहरु नभएका भने होइनन् । कार्यालयको कामदेखी लामो समय लगायर गरिने काममा लागि मोबाइल भन्दा ल्यापटप आवश्यक हुन्छ ।

पुतली सडकमा रहेको मल्टी इन्टरनेशनल प्राइभेट लिमिटेडले नेपालीहरुको महान् चाड तिहारको अवसरमा ल्यापटप किन्ने ग्राहकहरुको लागि छुटको अफर ल्याएको छ । विभिन्न ब्राण्डका ल्यापटक किन्दा ग्राहकहरुले झोला, किबोर्ड, ल्यापटपको खोल, इयरफोन, ल्यापटप क्लिनर तथा वायरलेस माउस लगायतका गिफ्ट पाउँदै आएका छन् ।

यस्तो छ मुल्य
नेपालमा किनबेच हुँदै आएको ल्याटपहरुमा सबैभन्दा बढी बिक्री हुने ल्यापटपमा डेल कम्पनी पर्छ भने दोस्रोमा एचपी पर्छ । यस्तै, तेस्रोमा एसर, लेनोभो पर्न आउँछन् । यसरी अगाडि पछाडी देखिएपनि बजारमा ग्राहकको रोजाइमा भने यी कम्पनीहरुमा खासै ठूलो अन्तर नरहेको व्यापारीहरुले बताए ।

डेल कम्पनीको ल्यापटप गेमिङ्ग (महङ्गगो) ब्राण्डका खरिद गर्दा ग्राहकले २ लाख रुपैयाँसम्म तिर्नु पर्छ । सोही डेल ब्राण्डको (सेलिङ्ग) सस्तो ल्यापटप भने ३० हजार रुपैयाँसम्ममा पाउन सकिन्छ ।

एचपी कम्पनीको गेमिङ्ग (महङ्गगो) ब्राण्डका ल्यापटप लाई ९९ हजार पर्छ । सोही एचपी कम्पनीको (सेलिङ्ग) सस्तो ल्यापटपको मूल्य ४७ हजार रुपैयाँसम्म पर्छ । यस्तै, एसर कम्पनीको ल्यापटप महङ्गगो (प्रिडियटर) तथा सस्तो (आई थ्री) को मूल्य पनि एचपीकै हाराहारीमा रहने व्यवसायीले बताएका छन् ।

घटबढ भइरहन्छ 
ल्यापटपको बिक्री वितरणमा लामो समय बिताएका केही ग्राहकहरुले यसको मूल्यमा एकरुपता नरहने बताएका छन् । प्रायः हप्ता दिन जस्तोमा नै ल्याटपको मूल्यमा परिवर्तन आइरहने गर्छ । बेलामा ल्यापटपको माग र बिक्रीमा हुने परिवर्तनले मूल्य घटबढ हुनमा भूमिका खेल्ने व्यवसायीहरु बताउँछन् ।

मोबाइलका कारण ल्यापटपको ब्यापार खस्किंदै

पछिल्लो समय नेपाली बजारमा ल्यापटप (कम्प्युटर)को बिक्री खस्केको छ । ल्यापटपको बजारलाई मोबाइल फोनले असर गरेको हो । ल्यापटपले गर्ने काम मोबाइलबाटै सम्भव हुने थालेपछि मोबाइल फोनमा आकर्षण बढ्न थालेको हो ।

कम्प्युटर एशोसियशन अफ नेपाल(क्यान महासंघ)का निवर्तमान अध्यक्ष बिनोद ढकालका अनुसार–‘टेक्नोलोजी समय अनुसार परिवर्तन हुँदै जाने भएकाले अघिल्ला बर्षमा आएका ब्राण्डको मूल्य अर्को बर्ष केही सस्तो हुन जान्छ । यस्तै, ब्राण्ड उही भएपनि भिन्न किसिमका फिचरहरु ल्याउँदा मूल्यमा वृद्धी हुने उनकोे बुझाई छ ।

राजधानीको पुतलिसडकस्थित ‘डिजिटल वन’ नामक मोवाइल पसलका संचालक रमेश महर्जन भन्छन्-‘अहिले ल्यापटप खासै बिक्दैन, मोबाइलले बजार खाएको कारण यस्तो भएको हुन सक्छ ।’ महर्जनले मोबाइल फोन बोक्न सहज तथा विभिन्न काममा सहयोगी हुने भएकाले यस्तो भएको हुनसक्ने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.