बलिउडका गायक अमित मिश्रा नेपाल आउँदै, मंसिर ६ गते दरबारमार्गमा हुने कार्यक्रममा प्रस्तुति दिने

  २०७६ कार्तिक ६ गते १२:३२     विकासन्युज

काठमाडौँ । भारत बलिउडका (आआएफए) अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन् । नेपथ्य इभेन्ट म्यानेजेमेंट प्रा.ली.ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनीका सीईओ आशिष लामिछानेले बताए ।

अमित मिश्राका साथमै भारतका चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिशा नाथ पनि संगै आउनी भएकी छिन् । यस कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको नि प्रस्तुति रहने छ । यहि नोवेम्बर २२ तारीक(मंसिर ६ गते) शुक्रबारका दिन बेलुकी दरबारमार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा चर्चित गायक अमित मिश्रा र गोरिषा नाथले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् ।

अमित मिश्रा बलिउडमा निकै ख्याती प्राप्त कलाकार हुन् । उनी भारतका चर्चित संगीतकार प्रितमसंग सहकार्य गर्दै देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउँदै आइरहेका छन् । बलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर आवाज़ दिएका छन् ।

यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको छ। गायक अमित मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थललाई लक्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जसकाे प्रसारण संसार भरि गरिने छ ।
सन् २०१६ र २०१७ को आइफा अवार्ड उनले जित्न सफल भए । उनले त्यो बेला ए दिल है मुश्किल को ‘बुल्लेया’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका थिए । त्यसका साथै उनले अरु थुप्रै अवार्डहरु हासिल गरि सकेका छन् ।

नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्षले जानकारी गराए । यस कार्यक्रमबाट उठेको लाभांशको केहि प्रतिशत उनीहरुले च्यारिटी सहयोग अर्थात् वृद्धा आश्रममा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए । यस कार्यक्रममा सिने जगत, संचारकर्मी, कलाकारिता क्षेत्र, सामाजिक क्षेत्र र व्यवसायिक क्षेत्रका विशिष्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै वृद्धाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने इच्छुकले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ ।

टिकट शुल्क सर्वसाधरणको लागि २५०० रूपैयाँ र भिआइपिको लागि ३५०० रूपैयाँ राखिएको छ । निकै सिमित समय रहेकोले आयोजक पक्षले समयमै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्षित राख्न आग्रह गरेका छन् । यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसारको फाइदा पनि ग्राहकहरुले लिन पाउने आयोजक पक्षले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.