लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

  २०७६ कार्तिक ५ गते १७:३२     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिजाइनर टीशा श्रेष्ठलाई बिजेताका रुपमा घोषणा गरिएको हो ।

क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक महिनासम्म चलेको प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइन वापत कूल रु. ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नु हुनेछ । कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.