एक्ससीएमजीको २२ टनको एक्साभेटर नेपाली बजारमा

  २०७६ कार्तिक ५ गते १५:४३     विकासन्युज


काठमाडौं । एक्ससीएमजीको २२ टनको एक्साभेटर नेपाली बजारमा लञ्च भएको छ । अक्टोबर १८ मा सोल्टी होटलमा एक्सइ २१५ सी एक्साभेटर लञ्च गरेको हो ।

एक्ससीएमजी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनी हो भने चीनको नं. १ कम्पनी हो । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।

नेपालका लागि एक्ससीएमजीको एक मात्रै आधिकारिक बिक्रेताको रुपमा आईडीएमसी रहेको छ । यसको मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा रहेको छ साथै नेपाल अधिराज्यभरी ६ वटा शाखा कार्यालय समेत स्थापना गरिसकेको छ ।

एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इञ्जिन जडान गरिएको छ । यो इञ्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्सइ २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ । यो एस्काभेटर बढी शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.