एनआईसी एशिया बैंक र सस्तो टिकेटस् प्रालिबीच सम्झौता

  २०७६ कार्तिक ४ गते १६:२३     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रालिबीच डिजिटल च्यानलमार्फत् सस्तो टिकेटसका ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाटसहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सस्तो टिकेटस् प्रालिको तर्फबाट अध्यक्षसम्राट दाहालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.