स्पर्स लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी पोखरामा, समस्या, चुनौति र भावी रणनीति बारे छलफल

  २०७६ कार्तिक ४ गते १५:१९     विकासन्युज


काठमाडौँ । कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका शाखाहरुको आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासिक समीक्षा तथा शाखा प्रवन्धक गोष्ठी सम्पन्न गरेको छ ।

आइतबार पोखरामा सम्पन्न उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए । समीक्षा गोष्ठीमा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदीप आचार्य तथा लेखा अधिकृत ऋषभ सुवेदी र आलेप अधिकृत खेमराज लम्सालले सहजीकरण गरेका थिए ।

यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावी रणनीतिहरु तथा आव २०७६/०७७ को योजना तथा बजेट प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोगेको समस्या तथा चुनौतीहरुको बारेमा जानकारी गराउँदै गुणात्मक लघुवित्त सेवा विस्तार गर्न शाखा प्रवन्धकहरुलाई उत्प्रेरित गरेका थिए ।

मानव संसाधन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.