सेन्ट्रल फाइनान्सका सीईओ श्रेष्ठकाे कार्यभार थपियाे, कम्पनी सचिवकाे पद पनि सम्हाल्ने

  २०७६ कार्तिक ४ गते १२:३८     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठको कार्यभार थपिएको छ । हालसम्म सीईओको पद सम्हाल्दै आएका श्रेष्ठले अब कम्पनी सचिवको पद पनि सम्हाल्ने भएका छन् ।

संस्थाको हालमात्रै बसेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कात्तिक १ गतेदेखि कम्पनी सचिवको पद सम्हाल्ने गरी उक्त पदमा नियुक्त गरिएको संस्थाको सहायक महाप्रबन्धक अशोककुमार पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.