एनआईशी एशियाबाट वर्ल्डलिंकबीच सम्झौता: इन्टरनेटको बिल तिर्दा १० प्रतिशत छुट पाइने

  २०७६ असोज ३० गते १७:५४     विकासन्युज

काठमाडौं । एनआईशी एशियाबाट बैंकबाट वल्र्डलिंकको इन्टरनेट तिर्दा १० प्रतिशतसम्म सस्तो गर्ने भएको छ । एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत श्री संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.