काठमाडौंको सानो गौचरनमा केटिएमले खोल्यो नयाँ सर्भिस सेन्टर

  २०७६ असोज ३० गते १७:३५     विकासन्युज

काठमाडौं । काठमाडौंको सानो गौचरनमा केटीएमले नयाँ सर्भिस सेन्टर खोलेको छ । हन्सराज हुलास चन्द एण्ड कम्पनी, केटीएमले काठमाडौंको सानो गौचरनमा नयाँ सर्भिस सेन्टर असोज ३० गते खोलेका हो ।
उक्त सर्भिस सेन्टरको उद्घाटन हन्सराज हुलास चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका हुन् । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटिएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिले सम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर रहेको दाबी गरेका छन् ।

नयाँ सर्भिस सेन्टरले केटिएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गरेको जनाएका छन् ।

अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन । अहिलेको दिन सम्ममा केटिएम बाइकले २ सय ९१ वटा विश्व च्याम्पियन सिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.