सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने

  २०७६ असोज ३० गते १५:५९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सेयरधनीलाई सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, सभाले सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गरि विभिन्न प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

उक्त सभामार्फत आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.