उद्यमी व्यापारीका दशैं, खासै नयाँ छैन

  २०७६ असोज १७ गते १०:५०     राजाराम न्यौपाने

काठमाडौं । दशैं हिन्दु नेपालीहरुको महान चाड होे । विदेश तथा स्वदेशमा भएका नेपालीहरु आ आफ्नो गाउँ घरमा गएर मनाउने गर्छन । नेपालमा दशैको लहर चलेको छ । दशैंलाई राष्ट्रिय चाड मानिन्छ । नेपालमा दशैंमा दुई तरिकाले हेर्ने गरेको पाइन्छ । धार्मिक र प्रगतिशिल दृष्टिकोणको रहेको छ । धेरैले अहिलेसम्म धार्मिक पक्षलाई नै महत्व दिइँदै आइएका छन् । दशैंलाई त्यहि रुपमा मनाउदै आइरहेका छौं ।

उद्योगीहरूले पनि दशैमा पूजा गरेर नै मनाउने बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वर्षभरीको थकाइ मेटाउन घरमा नै आराम गरेर दशैं मनाउने बताए । ‘म दशैंमा तास खेल्दिन, मासु र रक्सी पनि खान्न,’ उनले भने । बालापान र अहिलेको दशैं धेरै फरक भएको बताए । दशैं पूजा गरेर र मान्यजनहरुबाट टिका थापेर नै दशै मनाउने जानकारी दिए ।

उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष चन्द्र ढकाल भने यो वर्षको दशैैंमा नेपाल नहुने भएका छन् । उनी उद्योग वाणिज्य महासंघको कार्यक्रममा युरोप जान लागेको बताए । उनी सप्तमीको दिन आईएलोको कार्यक्रमका लागि नेदरल्यान्ड गएर १ हप्ता पछि फर्किने बताए । उनले भने यो वर्षको दशैंमा कार्यक्रमको सिलसिलामा युरोपमा हुने भइयो ।

नेपाल उद्योग परिसंघका निर्वातन अध्यक्ष हरिभक्त शर्माले भने सामान्य तरिकाले नै दशै मनाउने बनाए । उनले भने ‘आम नेपालीहरूले जसरी दशैं मनाउँछन म पनि त्यसै गरेर नै दशैं मनाउँछु ।’

नेपाल चेम्बर अर्फ कमर्शका वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले भने दशैंमा २५ हजार मात्रै खर्च गरेर मनाउने हो । दशैमा मासु र रक्सीको प्रयोग हुँदैन । दशैंलाई नै भनेर लुगा किनिदैन, आवश्यता पर्दा र समय अनुसारको कपडा किनिन्छ । दशैंमा पूजा र मान्यजनबाट टिका थापेर मनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.