दशैं बिदामा पनि नेपाल मेडिसिटीले स्वास्थ्य उपचार सुचारु राख्ने

  २०७६ असोज १६ गते १४:३७     विकासन्युज


काठमाडौँ । नेपालीहरुको महान चाड विजयदशमीको समयमापनि नेपाल मेडिसिटी अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ । पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४सैं घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ ।

विशेषगरी अस्पतालको आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४सैं घण्टा खुल्ला रहने, दिउंसो ओपिडि सेवापनि सुचारु रहने भएकोले बिरामीहरुलाई विदाको समयमापनि सहज उपचार सेवा प्राप्त हुने अस्पतालले जनाएको छ ।

बिदाको समयमा विशेष गरी बिरामीहरुको स्वास्थ्य आवश्यकतालाई मनन् गर्दै आकस्मिक उपचार सेवामा पर्याप्त चिकित्सकहरुको ब्यवस्था गरिएको इमरर्जेन्सी विभागका प्रमुख डा. सञ्जय कार्कीले बताए ।

चाडबाडको बेलामा प्रि-हस्पिटल केयर अन्तगर्त एम्बलेन्स र देशका कुनै पनि स्थानहरुबाट हेली एम्बुलेन्स सेवाको आवश्यकता परेमा पनि आफूहरु तयारी अवस्थामा रहेको उहाँले जानकारी गराए ।

नेपालको उत्कृष्ट क्रिटिकल केयर सेवा प्रदान गरिरहेको अस्पतालले बिरामीहरुको रोगको सघनतालाई हृदयंगम गर्दै आईसियु, सिसियु र एनआईसियु सेवालाई पनि चुस्तदुरुस्त राखिए क्रिटिकल केयर विभागका डा. दिप्तेश अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.