माछापुच्छ्रे बैंकले कावासोतीमा बिस्तार गर्यो २ शाखा रहित बैंकिङ सेवा

  २०७६ असोज १४ गते १४:२४     विकासन्युज


काठमाडौँ । कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

सोमबार कावासोती १७ मा बैंकले १२९ औँ  र कावासोती ६ मा १३० औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए ।

शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशेखर मर्दनिया, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.