राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

  २०७६ असोज १३ गते १४:५९     विकासन्युज


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै रावा बैंकको बेस रेट सबैभन्दा कम भएकोले सस्तो दरमा कर्जा उपलब्ध गराईरहेको बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद छिरिङ्ग लामा, बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, बौद्ध ब्यापार संघका अध्यक्ष दीपक चौलागार्इँ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बैंकका ३ नम्बर प्रादेशिक कार्यालयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.