लघुवित्त संघको अध्यक्षमा वसन्तराज लम्साल, उपाध्यक्षमा भेषराज पन्थी

  २०७६ असोज १२ गते १८:२९     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु आवद्ध नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशन (एनएमबिए) को अध्यक्षमा वसन्तराज लम्साल निर्वाचित भएका छन् । एशोसिएशनको आइतबार भएको साधारणसभामा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल ‘निर्विरोध’ निर्वाचित भएका हुन् । अध्यक्षका आकांक्षी समेत रहेका प्रकाशराज शर्माले अन्तिम समयमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । उनले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै अध्यक्षको मैदान छाडेको बताइएको छ । शर्माले छाडेपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् ।

लम्सालसहित उपाध्यक्षमा भेषराज पन्थी समेत निर्विरोध निर्वाचित भएका छन्, उनी फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । महासचिवसहित अन्य ९ पदाधिकारीका लागि भने छलफल भइरहेको नवनिर्वाचित अध्यक्ष लम्सालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष लम्सालले लघुवित्त संघको नेतृत्वमा रहँदा आफूले लघुवित्त संघको पहिचान र यसको स्वायत्तता बढाउने र लघुवित्त संघको प्रभावकारिता वृद्धि गर्दै जाने कुरामा जोड दिने बताए । उनले लघुवित्त आफ्ना संस्थालाई थप सशक्त बनाउने र कुनै न कुनै रुपमा प्रदेशगत रुपमा उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.