मुनाल सहकारीका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट

  २०७६ असोज ९ गते १९:२२     विकासन्युज


काठमाडौँ । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

बिहीबार दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र चरक मेमोरियल हस्पीटल प्रालिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले मुनाल डिस्काउन्ट कार्ड र आफ्नो परिचयपत्र मार्फत चरक मेमोरियल हस्पिटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा बिशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

हस्पिटलले २४ घण्टा इमर्जेन्सी सेवा, अनुभवी विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताइएको छ ।

हस्पिटलले छिटै नै नागढुङ्गा स्थित हेलीप्याड सहितको आफनै भवनबाट नियमित स्वास्थ्य सेवाको अलावा सिटि स्क्यान, अत्याधुनिक ल्याब, फार्मेसी, मुटुरोग, न्युरो, मृगौला सम्बन्धी सम्पुर्ण रोगको शल्यक्रिया र उपचार गर्ने तयारी गरेको अध्यक्ष डा. बद्री पौडेलले बताए ।

पोखरामा कर्पोरेट हस्पिटलको आबश्यकता महसुस गरी चरकले यस किसिमको उपचार सेवा दिन लागेको अध्यक्ष डा.पौडेलले बताए । चरक मेमोरियल हस्पिटलसंगको यो सहकार्यबाट सहकारीका सेयर सदस्य, सदस्यका परिवार र कर्मचारी स्वास्थ्य सेवाबाट लाभान्वित हुने मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.