एनआईसी एशिया क्यापिटलले घर र अफिसमै डिम्याट सेवा दिने

  २०७६ असोज ९ गते १८:५९     विकासन्युज


काठमाडौँ । एनआई सी एशिया क्यापिटल लिमिटेडले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने भएको छ ।

२०७६ बैशाख १ गतेदेखि शुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई ‘एनआईसी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’को अभियान थालनी गरेको हो ।

साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिहरुको समूह हुनु पर्ने यो सेवा काठमाडौँ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.