वार्षिकोत्सवको अवसरमा सनराइजले विभिन्न स्थानमा गर्यो स्वास्थ्य परीक्षण

२०७६ असोज ८ गते १९:१५ विकासन्युज


काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो ।

त्यसैगरी बंैकले ९ गते राजबिराज र ११ गते बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने जनाएको छ ।