‘नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गर्न दिन्नौं’

  २०७६ असोज ८ गते १३:५८     विकासन्युज


काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्टार इन्जिनियर खेमराज जोशीले नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरलाई कुनै हालतमा पनि निजीकरण हुन नदिने बताएका छन् ।

गैरनाफामूलक सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई त्यही रुपमा सञ्चालन गर्न दिनुपर्ने पक्षमा काउन्सिल रहेको रजिष्टार जोशीले स्पष्ट पारे । कलेजले बुधबार गरेको नेक रजत जयन्ती समारोह तथा विजया दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्व २०७६ को शुभकामना कार्यक्रममा उनले सही कुरालाई जसले पनि सही भन्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले कलेजको सममस्याबारे आफूले राष्टपतिसमक्ष पनि जाहेर गरिसकेको जनाउँंदै दशै तिहारकै वीचमा कलेजको समस्या समाधान हुने विश्वास गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.