सुनको मूल्य ६ सयले बढ्यो, प्रतितोला ७२ हजारमा कारोबार

  २०७६ असोज ८ गते ११:२२     विकासन्युज

काठमाडौं । साताको चौथो दिन सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको हाे ।

त्यस्तै मंगलबार प्रतितोला तेजावी सुन ७१ हजार १ सयमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
मंगलबारको चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ५ रुपैयाँ बढेर ८९० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.