‘रिलायबल समुन्नति जीवन बीमा योजना’ प्रचलनमा, यस्ता छन् विशेषता

  २०७६ असोज ७ गते १८:०५     विकासन्युज


काठमाडौँ । रिलायबल नेपाल लाइफइन्स्योरेन्स लिमिटेडले आवधिक धनफिर्ता योजना ‘रिलायबल समुन्नति जीवन बीमा योजना’ प्रचलनमा ल्याएको छ । कम्पनी स्थापनाको दोश्रो बर्ष पूरा गरी तेश्रो बर्ष प्रवेश गरेको अवसरमा उक्त योजना प्रचलनमा ल्याएको हो ।

उक्त योजना अन्तर्गत बीमितको ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त हुनेछ । बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टान गरी पूरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

बीमाअवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बाँकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाई भुक्तानी दिइने जनाइएको छ । यस योजनामा पाँचवटा ऐच्छिक सुबिधाहरु-बीमा शुल्क छुट सुबिधा, पुर्ण अशक्तता सुबिधा, दुर्घटना मृत्यु लाभ, घातक रोग सुबिधा तथा अस्पताल नगद सुबिधा समेत थप गरी लिन सकिनेछ ।

यस योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको कर्पोरेट मार्केटिङ प्रबन्धक युवराज शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.