उपयोगी नेपाल टेलिकमको एप, एपबाटै बिल तिर्न सकिने

  २०७६ असोज ६ गते १६:२३     नबिन पोखरेल


काठमाडौ । नेपाल टेलिकमले ग्राहकहरुलाई प्रविधिमैत्री सुविधा दिन एप सञ्चालन गर्दै आएको छ । उक्त एपको प्रयोगबाट ग्राहकहरुले ब्यालेन्स ट्रान्सफर गर्ने देखी गिफ्ट प्याक हेर्ने सम्मको सुविधाहरु पाउने छन् । नेपाल टेलिकमका एक अधिकारीका अनुसार–‘प्रविधि समय अनुसार परिवर्तन हुँदै जान्छ र सोही अनुसार हामीले पनि आवश्यकता अनुसार प्रबिधि परिमार्जन गर्दै आएका छौँ ।’

नेपाल टेलिकमको एपका के छन् विषेशता ?
नेपाल टेलिकमको एपबाट ग्राहकहरुले प्याक किन्न सक्ने छन् । एपको प्रयोग मार्फत नै ग्राहकहरुले नेपाल टेलिकमको रिचार्ज गर्न सक्ने छन् । विभिन्न समयमा नेपाल टेलिकमले निकालेको गिफ्ट प्याकका बारेमा समेत एपबाट जानकारी लिन सक्ने जनाइएको छ ।

एपबाटै बिल तिर्न सकिने
नेपाल टेलिकमको एप मार्फत ग्राहकहरुले ल्याण्ड लाईन फोन, एडिएसएल लगायतका विभिन्न सेवाका बिल तिर्न सक्ने छन् । यस्तै, विभिन्न ट्यारिफ दरहरु हेर्ने सुविधा एपमा उपलब्ध छ । ग्राहकहरुले नेपाल टेलिकमको सिम मार्फत फोन गर्दा कति मूल्य पर्छ भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।

स्टार १४१५ ह्याज डायल गर्न नपर्ने
एप प्रयोग गर्ने ग्राहकहरुले स्टार १४१५ ह्याज डायल गर्नु पर्दैन । सो नम्बर डायल गर्दा ग्राहकहरुले विभिन्न प्याक तथा अफरको बारेमा धेरै पटक हेरेपछि मात्र जानकारी पाउछन् । तर एपमा भने सबै जानकारीहरु एकै पटक हेर्न सकिन्छ ।

उपयोगी एप
नेपाल टेलिकमको एपमा सबै शीर्षक एकै पटक हेर्न मिल्ने भएकाले नै एप उपयोगी मानिदै आएको छ । प्रविधि मैत्री बन्ने उद्देश्यले टेलिकमले ग्राहकहरुमा यस्तो सुविधा ल्याएको बताउँदै आएको छ । ग्राहकलाई विगतको दिनमा दिँदै आएको सेवा सुविधामा वृद्धी गर्न लागि परेको नेपाल टेलिकमले जानकारी दिएको छ । हालसम्म काठमाडौँ उपत्यका र पोखरामा सञ्चालन हुँदै आएको फोर जी सेवा देशैभर सञ्चालन गर्ने अन्तिम तयारीमा टेलिकम जुटेको छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले भनिन्–‘ग्राहकको सहजताको निम्ती हामीले एप सञ्चालन गरेका हौँ, एपबाट ग्राहकहरुले आफूलाई आवश्यक परेको सुविधा उपयोग गर्न सक्नु हुनेछ ।’ यस्तै, सेवा सुविधा लिने क्रममा ग्राहकहरुलाई केही असुविधा परेमा समेत एपबाटै गुनासो गर्न मिल्ने व्यवस्था गरिएको प्रवक्ता बैद्यले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.