दुई महिनामा साढे ६४ अर्ब सरकारी खर्च, १ खर्ब ४१ करोड राजस्व

  २०७६ असोज २ गते १३:०४     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे ६४ अर्ब रुपैयाँ बजेट खर्च गरेर १ खर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोज अन्तिमसम्म गएको आवकै कर चुक्ता गर्ने समयावधि तोकिएको र आवको शुरुका महिनामा परियोजनाहरूमा खासै खर्च नहुने हुँदा खर्चभन्दा राजस्व बढी देखिएको हो ।

यद्यपि पछिल्लो महिनामा समेत महत्वकांक्षी राजस्व लक्ष्य तोकिएकोले भन्दा कम उठ्ने गरेको छ । त्यसो त खर्च बढाउन सरकारले आवको शुरुदेखिनै तदारुक्ता देखाए पनि लक्षित खर्च पनि हुन सकेको छैन ।

सरकारले यो अवधिमा गरेका खर्च कुल बजेटको ४.२१ प्रतिशतमात्र हो । सरकारले यो अवधिमा गरेको खर्चमध्ये ५८ अर्ब ७७ करोड ९४ लाख चालु खर्च हो । दुई अवधिमा ५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सरकारले गएको आवमा ७ खर्ब १४ अर्ब ९८ करोड (कुल चालु बजेटको ९१.३३ प्रतिशत )रुपैयाँ चालु खर्च गरेको छ । दुई खर्ब ३८ अर्ब ३५ करोड पुँजीगत र १ अर्ब ४१ अर्ब २४ करोड वित्तीय व्यवस्था खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने चार खर्ब ८ अर्ब पुँजीगत खर्च हो । सरकारले चालु आवको लागि एक खर्ब ६७ अर्ब ८५ करोड वित्तीय व्यवस्थाको लागि खर्च छुट्याएको छ ।
सरकार सो अवधिमा एक खर्ब ४१ अर्ब ५२ करोड राजस्व संकलन गरेको छ । सो राजस्वमध्ये एक खर्ब ३२ अर्ब कर राजस्व हो भने ९ अर्ब ४१ करोड गैर कर राजस्व भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.