सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता

  २०७६ भदौ २९ गते १८:१४     विकासन्युज

काठमाडौं । टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।

सिप्रदी अर्थमुभर्स प्रा. लि. ले विगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५सय भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री वितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरिबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.