सर्बसाधारणादेखि प्रधानमन्त्रीसम्मकाे रोजाइमा उमा ईन्टरनेशनल फर्निचर

  २०७६ भदौ २८ गते १५:२१     राजाराम न्यौपाने

काठमाडौै । उमा ईन्टरनेशनल फर्निचरको बेड, डाईनिङ्ग टेबल लगायतका सामाग्री नेपाली बजारमा निकै पपुलर बन्दै गएकाे छ । टिक (उड) काठबाट बनेका फर्निचरहरू बलियाे, राम्राे र सहज मूल्यमा उपलब्ध भएकाेले यस्ताे याे फर्निचर उपभाेक्ताले रूचाएकाे कम्पनीकाे विश्वास छ ।

उमा ईन्टरनेशनल फर्निचरकी सिईओ सबिता लिम्बुका अनुसार उमा फर्निचर नेपाली बजारमा उपलब्ध भएकाे छ वर्ष भयाे । छाेटाे अवधिमा नै याे फर्निचर सर्बसाधारण देखि उच्च पदमा पुगेकाे व्यक्तिहरूकाे समेत राेजाइमा परेकाे उनी बताउँछन् । ‘सामान्य उपभाेक्तादेखि मन्त्री, प्रधानमन्त्री,  उपराष्ट्रपति कार्यलयसम्ममा हाम्राे फर्निचर पुगेकाे छ’ सबिताले भनिन् ।

ग्राहकको चाहना अनुरुप उत्पादन गर्ने भएकाले आफ्ना उत्पादन छाेटाे समयमा नै बजारमा चर्चित ब्राण्ड बनेकाे उनकाे भनाइ छ । उमा ब्राण्डका फर्निचर नेपालमा मात्र नभइ भारत, दुवई, मलेसियाकाे बजारमा समेत उपलब्ध भएकाे उनकाे भनाइ छ ।

उपभाेक्ताकाे माग अनुसार सामान उत्पादन गर्ने र  ग्यारेण्टीका साथ बिक्री गर्ने कम्पनीकाे नीति छ । ‘हामी गुणस्तरमा सम्झाैता गर्दैनाै । ग्यारेन्टीकाे साथ बिक्री गर्छाैं । १० वर्षको लागि कम्पनीले फर्निचरको ग्यारेन्टी समेत दिदै आएको छ ।’ सिईओ लिम्ब भन्छिन्-‘हामी उपभाेक्ताकाे चाहाना र बजारमा ट्रेन अनुसार नयाँ नयाँ डिजाइनका फर्निचर बनाउँछाैं ।’

पाँच तारे हाेटलमा प्रयोग हुने फर्निचरको अनुभव ग्राहकलाई दिने  प्रयास कम्पनीले गरेको छ । ‘ग्राहकले लामो समय टिकाउ हुने फर्निचर चाहेको अवस्थामा समेत उमा इन्टनेशनल फर्निचरमा आइपुग्छन् । आधुनिक डिजाइनकाे फर्निचर खाेज्ने ग्राहक पनि हामीकाेमा अाउँछन् उनले भनिन् ।

नयाँ डिजाइनका लागि कम्पनीले नेपाली, भारतीय दुवइका कालिगडकाे सहायता लिने गरेकाे उनले बताइन् । कम्पनीले नेपालबाट फर्निचरको माग पूरा गर्न नसकेको अवस्थामा भारतबाट मगाउदै आएको छ । कम्पनीका उत्पादनमा सबैभन्दा बढी सोफा बिक्ने गरेको बताएको छ । त्यसपछि बेड लगायत अन्य फर्निचर बिक्री हुने गरेकाे उनले जानकारी दिइन् ।

हाल कम्पनीको शाे रुम नक्सालमा छ । काठमाडौ उपत्यका बाहिर बुटवल,पोखरामा समेत सामाग्री बिक्री हुने गरेको छ । दक्ष जनशक्ति पाएमा कम्पनीकाे शाखा बढाउने योेजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.