सेञ्चुरी कमर्सियल बैंकद्वारा दृष्टिविहीन सहयोग केन्द्रलाई कम्प्युटर हस्तान्तरण

  २०७६ भदौ २६ गते १३:५१     विकासन्युज


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरे ।

हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.