प्राइम र कन्काईको एकीकृत कारोबार भदौ २९ देखि, कन्काईका सबै सेवा भदौ २८ गते बन्द हुने

  २०७६ भदौ २६ गते ८:३८     विकासन्युज


काठमाडौँ । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको एकीकृत कारोबार भदौ २९ गतेबाट हुने भएको छ ।

प्राइमले कन्काईलाई प्राप्ति(एक्वीजिशन) गर्ने बारे साउन २२ गते सम्बन्ध दुबै संस्थाको विशेष साधारण सभाले भदौ २९ गतेबाट एकीकृत गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त प्रस्तावपछि नेपाल राष्ट्र बैंकको भदौ १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ २५ गतेको पत्रपछि भदौ २९ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको प्राइम कमर्सियल बैंकले जनाएको छ ।

एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने भएकाले भदौ २८ गते १ दिन कन्काई विकास बैंकले प्रदान गर्दै आएको बैंकिङ सेवा, एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ लगायतका अन्य सेवाहरु बन्द रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.