महिला सुरक्षालाई ध्यान दिँदै सौगात मन्टेश्वरीले संचालन गर्‍यो आत्मारक्षा तालिम

  २०७६ भदौ २१ गते ९:२६     विकासन्युज

काठमाडौं। कलंकीस्थित सौगात  मन्टेश्वरीले आफ्नो विद्यार्थी र उनका अभिभावकलाई आत्मारक्षा सम्बन्धी एक दिने तालिम संचालन गरेको छ। ईनर व्हिल कल्ब किर्तिपुरको संयोजकतामा सौगात मोन्टेस्वोरीले तालिम संचालन गरेको हो। मन्टेश्वरीले ६५ भन्दा बढी अभिभावक र शिक्षकहरुको उपस्थितिमा शुक्रबार तालिम संचालन गरेको हो।

सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिक स्थल लगायतमा महिला हिंसा घट्ना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन आफूहरुले तालिम संचालन गरेको  मन्टेश्वरीकी संचालक तथा प्रिन्सिपल राज्य लक्ष्मी बैद्यवारले बताइन् ।तालिमामा महिलाहरुलाई कसैले आफूलाई जबर्जस्ती कतै लैजाँदै अथवा कसैले आफूलाई आफ्नो मर्जीबिना छुँदा कसरी आफुले प्रतिकार जनाउने र उक्त व्यक्तिलाई कसरी घाइते बनाउने सम्बन्धी तालिम दिईएको थियो।

तालिमाका प्रशिक्षक गौरब भन्छन्, ‘कसैले आफूलाई आक्रमण गर्दै छ भने डर अवश्य लाग्छ तर यदी हामीले केही नसोची उक्त व्यक्तिको आँखा, नाक, कान जस्ता संवेदनशिल अंगहरुमा प्रहार गर्न सक्यौं भने हामी पक्कै पनि बच्न सक्छौं। आत्मारक्षाको समयमा हाम्रो जिन्दगी भन्दा ठूलो केही होइन त्यसैले जहाँ सक्नुहुन्छ त्यहीँ प्रहार गर्नुहोस् र बिशेष गरेर संवेदनशिल अंगमा प्रहार गर्ने कोसिस गर्नुहोस्।’

समाजमा पछिल्लो महिला हिंसाका घट्ना बढ्न थालेपछि विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मारक्षा तालिम दिन थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.