चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न

  २०७६ भदौ १८ गते १६:०२     विकासन्युज

काठमाडौं। नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना र युनिग्लोब कलेजको संयोजकतामा चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) र रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट)ले सहकार्य गरेका थिए ।

कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययनरत विधार्थीलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा देशभरका विभिन्न ३० वटा विद्यालयबाट विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

गतिशील आजको विश्वमा विज्ञान र प्रविधिको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ र विज्ञान-प्रविधि बिना आज विश्व निरर्थक छ । विज्ञानको यिनै मूलभूत महत्त्व र आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोलिमर इन्स्टिच्युटका चेयरपर्सन डा. राजेश पण्डित, नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेल, रिकास्टका तर्फबाट डा. रामेश्वर अधिकारी, यूनिग्लोब कलेजका प्रिन्सिपल डा. करण सिङ ठगुन्नालगायतका व्यक्तित्व साथै सहभागी विद्यालयको प्रतिनिधित्व गर्ने विद्यार्थी र शिक्षक शिक्षिकाको उल्लेख्य सहभागिता थियो ।

विद्यार्थीहरुले प्रतिस्पर्धा र प्रदर्शनिका लागि ल्याएका आ–आफ्ना विभिन्न खाले वैज्ञानिक सामाग्रीहरु सम्मेलनमा प्रदर्शन गरेका थिए । उनिहरुले समारोहका बीच आफ्नो प्रोजेक्टको प्रस्तुती पनि गरेका थिए।

सम्मेलनको दोश्रो दिन विद्यार्थीहरुले देखाएको प्रस्तुतीहरुको मूल्यांकन आधारमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा नास्टका प्रवक्ता डा. सुरेश ढुंगेललगे यस्ता प्रयोगात्मक गतिविधि विद्यार्थीका लागि निकै आवश्यकीय रहेको र सबैले यसमा ध्यान दिनु जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.