देशभर सवा ९ लाख व्यवसायिक संस्था, तपाईँको प्रदेश र जिल्लामा कति ?

  २०७६ भदौ १६ गते ११:१५     विकासन्युज

काठमाडौं । नेपालमा कुल ९ लाख २३ हजार व्यवसायिक प्रतिष्ठानहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक फर्महरु सञ्चालनमा रहेको जनाइएको हो । उक्त फर्ममार्फत् कुल ३२ लाख २८ हजार जना त्यस्तो व्यवसायमा संलग्न भएको समेत विभागले जनाएको छ । जसमध्ये २० लाख १२ हजार पुरुष र १२ लाख १६ हजार महिलाको सहभागिता रहेको छ ।

विवरणअनुसार त्यस्ता प्रतिस्ठानहरुको स्थापनामा प्रदेश ३ सबैभन्दा अघि र कर्णाली प्रदेश सबैभन्दा पछि छ । प्रदेश ३ मा २ ला ८२ हजार प्रतिष्ठान रहेकोमा कर्णालीमा ४२ हजार ८ सय मात्रै प्रतिष्ठान दर्ता भएको उल्लेख गरिएको छ ।

त्यस्तै जिल्लागत आधारमा काठमाडौं जिल्लामा सबैभन्दा बढी १ लाख २५ हजार मनाङ जिल्लामा सबैभन्दा कम ४८७ प्रतिष्ठान रहेको समेत जनाइएको छ ।

कुन जिल्लामा कति प्रतिष्ठान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.