एमभी दुगड ग्रुपले ल्यायो जी ९० मोटर ग्रेडर, नेपाली सडकमा बहुउपयाेगि

  २०७६ भदौ १४ गते १८:३७     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुपले जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिप्पर एट्याचमेन्ट र लोडर बजारमा ल्याएको छ । तराईको फाँट, खोला नाला तथा पहाडका अप्ठ्यारा बाटोमा समेत सजिलै चलाउन सकिने जी ९० मोटर ग्रेडर समय सापेक्ष, सरल र सस्तो भएको कम्पनीले जनाएको छ ।

नेपालको ८६ प्रतिशत सडक सिङ्गल वा डबल लेनको मात्र रहेको, उकालो, ओरालो, घुम्तीहरु धेरै भएको सडकमा यो मोटर चलाउन सजिलो हुने कम्पनीले जनाएको छ । २ वर्षको वारेन्टी, त्यसअवधिमा असीमित घण्टा वारेन्टी भएको यो मोटरका ग्राहकलाई स्पोर्ट सर्भिस सुविधा हुने, स्पेयर पार्ट सजिलै उपलब्ध हुने र मूल्य पनि सरल हुने कम्पनीले जनाएको छ ।

फोर ह्विल ड्राइभ विथ डिफिरेन्सियल लक, ९१ एचपी पावरका साथ २२०० आरपीएच, ट्रान्सिमिसन फोर स्पीड, ६ ह्विल इक्वयल साइज लगायत सुविधा भएकोले यो मोटर उपभोक्ताबीच आकर्षक बन्ने कम्पनीको अध्यक्ष मोतिलाल दुगडले बताए ।

१३७ वर्षको व्यवसायिक इतिहास भएको यस ग्रुपले बैकिङ, बीमा, मोटर, ट्रेडिङ, जलविद्युत लगायतका क्षेत्रका लगानी विस्तार गर्दै आएको छ । यस ग्रुपले यसअघि पनि व्याक हो लोडर, रोलर, ग्रेडरको बिक्री तथा बिक्री पछिको सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.