लाभांश घोषणाको ६ महिनापछि सीआईटीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

  २०७६ भदौ ६ गते ८:४४     विकासन्युज


काठमाडौँ । लाभांश घोषणाको ६ महिनापछि नागरिक लगानी कोष(सीआईटी)को २४ औँ वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सञ्चालक समितिको बैठकले कार्की ब्याङ्केट बबरमहलमा बिहान ११ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कोषको सेयरधनी दर्ता पुस्तिका सेयर दाखिला खारेज कार्य(बुक क्लोज) भदौ १९ गते एक दिन बन्द हुने जनाएको छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई नियमानुसार दाखिला खारेजका लागि प्राप्त सेयरधनी सहित कायम रहेका सेयरधनीहरु साधारण सभामा सहभागी हुन पाउने छन् ।

साधारण सभाले कोषको आव २०७४/७५ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । कम्पनी सञ्चालक समितिको बैठकले २०७५ फागुन २९ गते नै बोनस सेयर दिने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.