हुण्डाई मोटर्सको ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक, मूल्य ४ लाख ९९ हजार

  २०७६ भदौ ४ गते १२:४४     विकासन्युज

नयाँ दिल्ली । हुण्डाई मोटर्सको नयाँ कार ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक भएको छ । सहरी क्षेत्रका युवा वर्गलाई लक्षित गरेर डिजाईज गरिएको यो कार बोल्ड र स्टाईलिस डिजाइजमा आएको छ । आधुनिक प्रविधियुक्त सुविधाहरु भएको र कारभित्र फराकिलो स्पेस भएकोले यस कारका उपभोक्ता स्मार्ट देखिनुको साथै रोमाञ्चित अनुभूति गर्ने कम्पनीले जनाएको छ ।

नयाँ कारको शुरु मूल्य ४ लाख ९९ हजार ९९० भारतीय रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ७ लाख ९९ हजार ४५० भारतीय रुपैयाँ रहेको छ । भारतका सबै प्रदेशमा एउटै मूल्य कायम गरिएको हुण्डाई मोटर्स इन्डिया लिमिटेडले जनाएको छ ।

भारतमा बनेको यो कार विश्वभरको लागि निर्माण गरिएको हुण्डाई मोटर्स इन्डियाका प्रबन्ध निर्देशक एसएस कीमले बताए । ग्रान्ड आई १० नियस तेस्रो पुस्तको लागि बनाएको र यो कार ह्याचव्याक सेगमेन्टको उत्कृष्ट कार भएको उनले बताए । हालसम्म विश्व बजारमा हुण्डाइका २७ लाख २० हजार वटा गाडी बिक्री भएकाे र भारतकाे कार बजारमा हुण्डाइले १८ प्रतिशतभन्दा बढी हिस्सा लिएकाे उनले जानकारी दिए ।

ग्राहकको सुरक्षा र सुविधालाई विशेष ध्यान दिई नयाँ फिचरहरु थपेर निर्माण गरिएकोले यस कारको नाम नियस राखिएको हो, जसको अर्थ अझ धेरै हुन्छ । यसमा डुअल फ्रन्ट एयर ब्याग, ईबीडीसहितको एबीएस, हाई स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर र फ्रन्ट सिट बेल्ट रिमाइन्डर अलर्ट यसका विशेषता हुन् । सिट, ढोकाको लक, साइड ग्लास, लाइट आवश्यकता अनुसार मिलाउन सकिने, २०.२५ सीएम टचस्क्रीनको इन्फोटेन्मेन्ट सिस्टम, मल्टिमिडिया इक्विप्टमेन्ट लगायत धेरै नयाँ सुविधा रहेका छन् ।

ग्रान्ड आई १० नियस दश भेरियन्टमा उपलब्ध छन् । सात ओटा पेट्रोल इन्जिन र अन्य तीन ओटा डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । याे सेगमेन्टका कार विभिन्न ६ कलरमा उपलब्ध छन् । त्यसका फायरी रेड, पोलार ह्वाइट, ताइफुन सिल्भर, टिटान ग्रे, अक्वा टिल र अल्फा ब्ल्यू रहेका छन् ।

१.२ लिटरको पेट्रोल इन्जिन भएको कार ११९७ सीसी क्षमताको छ भने १.२ लिटर डिजल इन्जिन भएका कारमा ११८६ सीसी क्षमता छ । कम्पनीले ५ वर्षसम्म वा एक लाख किलाेमिटरसम्मकाे इन्जिन वारेन्टी गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.