प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

  २०७६ भदौ १ गते १९:१२     विकासन्युज


काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए ।

आव २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद नाफा हासिल गर्न सफल भएको छ ।

यसअघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.